“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५...  विस्तृतमा

  • जनादेश अनलाइन

    १ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

  • जनादेश अनलाइन
  • २०८३ भाद्र १६, मंगलवार १२:३० गते

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५ मर्दानपुरका मुस्लिम समुदायले १ लाख १ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका छन्।
खजुरा गाउँपालिका–५ का वडा अध्यक्ष गरिबे शेषको पहलमा मर्दानपुरस्थित मदरसा इस्लामिया इमरानूल उलूम, नुरानी मस्जिद तथा स्थानीय मुस्लिम समुदायबाट रकम संकलन गरी बाढीपीडितका लागि हस्तान्तरण गरिएको हो।
विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको भन्दै वडा अध्यक्ष शेषले सहयोग अभियानमा सहभागी मदरसा, मस्जिद तथा सम्पूर्ण मुस्लिम समुदायप्रति आभार व्यक्त गरेका छन्।
मर्दानपुरका मुस्लिम समुदायले जात, धर्म र भूगोलको सीमाभन्दा माथि उठेर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्दै मानवीयता र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।
रसुवाका बाढीपीडितका लागि गरिएको यो सहयोगले विपद्को समयमा नेपाली समाजमा रहेको आपसी एकता, भाइचारा र सहयोगको भावनालाई थप मजबुत बनाएको छ।