बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५... विस्तृतमा

१ हप्ता अघि






खजुरा, बाँके – खजुरा गाउँपालिकाले ‘हामी आफैँ बनाऔँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। १० असार २०८३ मा आयोजित गाउँसभाको १९ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष डम्बर बहादुर वि.क. ले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
पालिकाले आवधिक योजना, सडक गुरुयोजना र पञ्चवर्षीय योजनालाई आत्मसात् गर्दै योजनाबद्ध विकासमा जोड दिएको छ। सुशासन कायम गर्ने, नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने र रोजगारीमूलक आर्थिक विकासमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउने मुख्य लक्ष्य राखिएको छ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ:
नीति तथा कार्यक्रममा लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुशासनलाई विशेष जोड दिइएको छ। हिंसापीडित महिला तथा बालबालिकाको संरक्षणका लागि विशेष कार्यक्रम, दलित, मधेसी, मुस्लिम तथा अल्पसंख्यक समुदायको उत्थानका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै, राजस्व प्रणालीलाई पूर्णतः प्रविधिमैत्री बनाउँदै अनलाइन भुक्तानी र ‘मेरो कर-मेरो विकास’ अभियान सञ्चालन गरिने अध्यक्ष वि.क. ले जानकारी दिनुभयो।
गाउँपालिका अध्यक्ष वि.क. ले यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण खजुरावासीको सक्रिय सहयोग र सहभागिताको अपेक्षा गर्नुभएको छ।