खजुराका विद्यालयहरू ‘टिनको छानामुक्त’ बन्दै: नेपाल राष्ट्रिय प्राविमा ३ कोठे भवन र शौचालयको शिलान्यास

खजुरा (बाँके), २६ असोज । ​बाँकेको खजुरा गाउँपालिकाले अंगीकार गरेको “सामुदायिक विद्यालयहरूलाई टिनको छानामुक्त...  विस्तृतमा

  • जनादेश अनलाइन

    २ दिन अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

नेकपा बाँकेको ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’को समीक्षा बैठक सम्पन्न

  • जनादेश अनलाइन
  • २०८३ आश्विन १८, आईतवार २१:५० गते

खजुरा, बाँके — नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति, बाँकेको आयोजनामा सञ्चालित ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’को समीक्षा बैठक खजुरा गाउँपालिकास्थित मिनीपार्क रिसोर्टमा सम्पन्न भएको छ।
बैठक जिल्ला संयोजक दिपक जी.एम. को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा लुम्बिनी प्रदेश सह-इन्चार्ज पूर्णकुमारी सुवेदी को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ तथा बाँके जिल्ला इन्चार्ज अकल बहादुर बम को विशेष आतिथ्यता रहेको थियो।
बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू आई.पी. खरेल र नरेन्द्र न्यौपाने , उषा पुन , नरेन्द्र पाण्डे , डम्बर बहादुर विक तुफान लगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
जिल्लाभर सञ्चालित अभियानको प्रभावकारिता, सांगठनिक स्थिति तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल र रिपोर्टिङ गर्ने उद्देश्यले आयोजना गरिएको यस बैठकमा बाँकेका विभिन्न पालिका, वडा तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रको प्रगति विवरण, जनसम्पर्कका क्रममा भेटिएका जनताका समस्या र राजनीतिक उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।
नेताहरूले के भने?
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश सह-इन्चार्ज पूर्णकुमारी सुवेदी ले समीक्षा बैठकमा प्राप्त रिपोर्टिङले पार्टीको वास्तविक धरातल बुझ्न मद्दत पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, “संगठन सुदृढीकरण भनेको केवल कमिटी निर्माणमा मात्र सीमित नरहेर जनतासँगको सम्बन्धलाई जीवन्त बनाउनु हो। अभियानका क्रममा जनताले उठाएका सवालहरूलाई पार्टीले गम्भीरतापूर्वक लिई उनीहरूका समस्या समाधानका लागि जुझारु रूपमा काम गर्नुपर्छ।”
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ ले बाँके जिल्लाको सांगठनिक स्थिति र कार्यकर्ताको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “प्रदेशभरि नै पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउन यस्ता समीक्षा बैठकहरू कोशेढुङ्गा साबित हुनेछन्। बाँकेले चलाएको अभियानले सिङ्गो प्रदेशलाई नै सकारात्मक सन्देश दिएको छ, अब समीक्षाबाट निकालिएका निष्कर्षहरूलाई व्यवहारमा ढालेर संगठनलाई अझ सुदृढ बनाउनुपर्छ।”
त्यसैगरी, जिल्ला इन्चार्ज अकल बहादुर बम ले अभियानले जिल्लामा नयाँ ऊर्जा र उत्साह थपेको उल्लेख गर्दै प्राप्त सुझावका आधारमा आगामी दिनमा बाँकेमा पार्टी संगठनलाई अझ अनुशासित, सुदृढ र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकका अध्यक्ष तथा जिल्ला संयोजक दिपक जी.एम. ले अभियान सफल बनाउन खट्ने सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई धन्यवाद दिँदै प्राप्त रिपोर्टिङका आधारमा आगामी कार्ययोजना तय गरी अघि बढ्ने जानकारी दिनुभयो।