बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५... विस्तृतमा

१ हप्ता अघि






नेपालगञ्ज । उद्योग व्यवसायी संघ, बाँके, नेपालगञ्ज उपमहानगरपालिका समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले लोकतान्त्रिक पद्धतिबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनबाट कविराम जैसी अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी जामिया खातुन उपाध्यक्ष, चक्र बहादुर मल्ल महासचिव, रन्जु श्रेष्ठ सचिव तथा लालसिंह भण्डारी कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा बसन्ती तिवारी, कोपिला पौडेल, सुषिला ढकाल, पदम विक, सावित्री थापा, चन्द्र प्रसाद संज्याल तथा कविता बिष्ट यादव निर्वाचित हुनुभएको छ।
अधिवेशनमा सहभागी व्यवसायीहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा संघको संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष कविराम जैसीले सम्पूर्ण व्यवसायीहरूको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै व्यवसायीहरूको साझा हित, एकता र समृद्धिका लागि प्रतिबद्धतापूर्वक काम गर्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख उक्त कार्यक्रमका प्रमुख अथिति नेपाली कम्युनिस्ट पार्टी बाँके जिल्ला इन्चार्ज अकल बहादुर बम ले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले उद्योग व्यवसायी संघले व्यवसायीहरूको समस्या समाधान, क्षमता विकास तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, संघको नयाँ नेतृत्वले व्यवसायीहरूलाई अझ संगठित बनाउँदै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम उद्योग व्यवसायी संघ केन्द्रीय उपाध्यक्ष दिपेन्द्र बिष्ट , कल्पना शर्मा , तारा खत्री ,तेज प्रसाद रेग्मी लगाएत उद्योगी व्यवसायीहरुकाे उपस्थिति रहेकाे थियोे ।