“विपद्मा मानवताको हात : रसुवा बाढीपीडितलाई खजुरा–५ मर्दानपुरबाट १ लाख १ हजार १ सय सहयोग”

बाँके । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै बाँकेको खजुरा गाउँपालिका–५...  विस्तृतमा

  • जनादेश अनलाइन

    १ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ

खजुरा-३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित भवन र शौचालयको उद्घाटन

  • जनादेश अनलाइन
  • २०८३ असार ६, शनिबार ०९:४९ गते

खजुरा (बाँके), असार ५ गते।

​खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे विद्यालय भवन र २ कोठे शौचालयको औपचारिक रूपमा उद्घाटन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित एक समारोहका बीच खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक र उपाध्यक्ष मन्जु मल्लले संयुक्त रूपमा उक्त नवनिर्मित संरचनाहरूको उद्घाटन गर्नुभएको हो।

​उद्घाटनपश्चात् सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विकले विद्यालयको भौतिक पूर्वाधारमा भएको यो विकासले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थप सहज हुने बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको सुधार नै गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

​त्यसैगरी, गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले सुविधा सम्पन्न भवन र व्यवस्थित शौचालयको निर्माणले विद्यार्थीहरूको पठनपाठन र सरसफाइको अवस्थामा सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयका भवन र शौचालयको उचित रेखदेख र संरक्षणमा स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको विशेष ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो।

​विद्यालय परिवारले नवनिर्मित भवन र शौचालयबाट पठनपाठनमा सहजता भएको भन्दै गाउँपालिका नेतृत्वप्रति आभार व्यक्त गरेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक र विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।