नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको साङ्गठनिक संरचनामा महत्वपूर्ण हेरफेर गर्दै नयाँ... विस्तृतमा

२० घण्टा अघि




बाँके — बाँके जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका आयुर्वेद स्वास्थ्य सेवामध्ये खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र दोस्रो उत्कृष्ट केन्द्रका रूपमा घोषित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र, नेपालगञ्जले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक मूल्यांकन प्रतिवेदनका आधारमा गरेको प्रतिस्पर्धामा खजुरा केन्द्रले प्रभावकारी, गुणस्तरीय र जनमैत्री सेवा प्रवाह गर्दै उत्कृष्टता प्राप्त गरेको हो।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले सो अवसरमा नागरिक आरोग्य सेवा केन्द्रलाई सम्मानपत्र प्रदान गर्दै निरन्तर प्रगतिका लागि शुभकामना जनाएको छ। सम्मानपत्रमा भनिएको छ, “आगामी दिनहरूमा पनि सो सेवा केन्द्रबाट अझ प्रभावकारी, गुणस्तरीय र जनमैत्री सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।”
कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. अलोक कुमार पाण्डेले उत्कृष्ट सेवा र समर्पणका लागि सम्पूर्ण स्वास्थ्यकर्मीलाई बधाई दिँदै, निरन्तर उत्कृष्ट कार्यदक्षताको उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो।
सोही अवसरमा प्रदेशका पूर्वमन्त्री भण्डारी लाल यादवले पुरस्कार वितरण गर्दै आयुर्वेद सेवाको प्रभावकारिता बढाउन यस्ता प्रतिस्पर्धा र सम्मानले थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
खजुरा गाउँपालिकाका अध्यक्ष **डम्बर बहादुर विक ‘तुफान’**ले स्थानीय तहमा सेवा प्रवाहमा उत्कृष्टता हाँसिल गर्ने आरोग्य सेवा केन्द्रहरू जनसेवाको प्रेरणाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रम बाेल्दै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पाैडेलले गाउँपालिकाले सबैलाई नागरिक आरोग्य सेवाको पहुँचमा पुर्याउन हरसम्भव योजना बनाएर काम गर्दै आउने बताउनुभयो ।
आर्थिक वर्ष २०८२/८३ मा खजुरा गाउँपालिकाले नागरिक आरोग्य केन्द्रका लागि बजेट विनियोजन गरेर। त्यसअनुसार पालिकामा काम भइरहेको बताउनुभयो ।