बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग...  विस्तृतमा

  • जनादेश अनलाइन

    ३ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ
अन्तरक्रियाले संविधानको उपलब्धि र चुनौतीबारे नयाँ दृष्टिकोण प्रस्तुत गर्दै सहभागीहरूलाई गम्भीर आत्ममूल्यांकन र साझा प्रतिबद्धतामा उन्मुख गराएको छ।

माओवादी केन्द्र  नेपालगञ्जकाे आयोजनामा संविधान दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न

  • जनादेश अनलाइन
  • २०८२ आश्विन ३, शुक्रबार २०:०४ गते

नेपालगञ्ज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले संविधान दिवस २०८२ को अवसरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पभन्न गरेको छ।

कार्यक्रममा संविधान निर्माणको यात्रा, यसको महत्व, कार्यान्वयनका चुनौती र आगामी सम्भावनाबारे चर्चा गरिएको  थियो।

उक्त  कार्यक्रम बाेल्दै माओवादी केन्द्र बाँकेका संयाेजक नरेन्द्र पाण्डे जेम्सले संविधानलाई जनताको लामो संघर्ष र बलिदानको परिणामका रूपमा स्मरण गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

 संविधानले दिएको अधिकारलाई ऐतिहासिक उपलब्धि र अझै सुधार र प्रभावकारी अभ्यासको खाँचो औंल्याए।

 

 उक्त कार्यक्रमा बाेल्दै माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज  पुर्ण कुमारी सुवेदीले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, पूर्ण समानतामूलक निर्वाचन प्रणाली जस्ता संवैधानिक व्यवस्था माओवादी पार्टीको दीर्घ संघर्ष र बलिदानको परिणाम भएको बताई।

 जनतामाझ एकता, सहकार्य र सहअस्तित्वको सन्देश फैलाउँदै देशको समृद्धि र परिवर्तनका यात्रामा सबै एकजुट भएर अघि बढ्न  इन्चार्ज सुवेदीले आग्रह गर्नुभएको थियो।

 

उक्त कार्यक्रम माओवादी केन्द्रका स्थयी कमिटी सदस्य

 पुर्ण कुमारी सुवेदी ,लुम्बिनी प्रदेस कमिटी सह-सचिव अकल बहादुर बम, बाँके जिल्ला संयाेजक नरेन्द्र पाण्डे जेम्स , सचिव  डिल्ली बराल, स्थानीय नेता, जनप्रतिनिधि, विभिन्न टोलस्तरीय समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

समापनमा आयोजक कमिटीले सहभागीहरूलाई धन्यवाद दिंदै संविधान दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई संवाद, समीक्षा र जिम्मेवारी बोध गर्ने दिनका रूपमा लिनुपर्ने धारणा प्रस्तुत गरेको थियो।

नेपालगञ्जमा सम्पन्न अन्तरक्रियाले संविधानको उपलब्धि र चुनौतीबारे नयाँ दृष्टिकोण प्रस्तुत गर्दै सहभागीहरूलाई गम्भीर आत्ममूल्यांकन र साझा प्रतिबद्धतामा उन्मुख गराएको छ।