बालिका शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत खजुराका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री र नगद वितरण

खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग...  विस्तृतमा

  • जनादेश अनलाइन

    ३ हप्ता अघि

२०२६ पौष १७, बिहिबार
ट्रेण्डिङ
लोकतान्त्रिक अधिकारको रक्षा, सामाजिक न्याय र समावेशी विकासलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

संविधान दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम खजुरामा सम्पन्न

  • जनादेश अनलाइन
  • २०८२ आश्विन ३, शुक्रबार १४:३८ गते

खजुरा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खजुरा गाउँपालिका कमिटी र जानकी गाउँपालिका समितिको संयुक्त आयोजनामा संविधान दिवस २०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम शुक्रबार खजुरामा सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, विभिन्न टोलस्तरीय समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

 सहभागीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाउँदै लोकतान्त्रिक अधिकारको रक्षा, सामाजिक न्याय र समावेशी विकासलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

 नेताहरूले आफ्ना सम्बोधनमा संविधानले सुनिश्चित गरेका हक–अधिकारलाई कार्यान्वयन गर्ने जिम्मेवारी माओवादी केन्द्रले अग्रणी रूपमा निर्वाह गर्ने बताएका थिए।

 

साथै, पार्टी संगठनलाई अझ सबल बनाउन निरन्तर जनताबीच जाने र आधारभूत समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो।

कार्यक्रम शुभकामना आदान–प्रदानसँगै आपसी एकता, विश्वास र सहकार्यलाई थप मजबुत बनाउन सफल भएको  माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राज कुमार बिकले   जनाएका छन्।

उक्त  कार्यक्रम माओवादी केन्द्रका स्थायी कमिटी सदस्य

महेेश्वर गहतराज केन्द्रीय सदस्य आईपी खरेल लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा खजुरा गाउँपालिका अध्यक्ष  डम्बर बहादुर विक तुफान लगाएका नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियो ।