खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग... विस्तृतमा

३ हप्ता अघि




नेपालगन्ज ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जेन–जेड पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनमाथि राज्यद्वारा भएको दमनप्रति कडा आपत्ति जनाएको छ।
बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा समितिले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
“राजनीतिक दलहरूको असफलता, संसद् र सरकारको भ्रष्ट चरित्र, मौलिक हक अधिकारमाथि प्रहार, बेरोजगारी र असमानताको पीडाले युवापुस्तालाई सडकमा आउन बाध्य बनाएको छ,”
— प्रेस विज्ञप्ति, माओवादी केन्द्र बाँके
समितिका संयोजक नरेन्द्र पाण्डे (जेम्स) र सचिव डिल्ली बराल (अमिर)ले हस्ताक्षर गरेको विज्ञप्तिमा जेन–जेड आन्दोलनलाई ऐतिहासिक निरन्तरता र परिवर्तनकारी एकताको प्रतिविम्बका रूपमा व्याख्या गरिएको छ। भ्रष्टाचार, तानाशाही प्रवृत्ति, असमानता र प्रतिगामी शक्तिहरूविरुद्ध उठेको यो आन्दोलनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन योगदान गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, लोकतान्त्रिक मूल्य, संविधान, शान्ति र गणतन्त्रको रक्षा गर्न सम्पूर्ण शक्तिलाई एकजुट हुन समितिले आह्वान गरेको छ। साथै, जनआन्दोलनलाई बदनाम गर्ने, युवाको बलिदानलाई अवमूल्यन नगर्न सबैलाई आग्रह गरिएको छ।
समितिले जनताका न्यायपूर्ण मागलाई सम्बोधन गर्दै आन्दोलनको आत्मा अनुसार सबै जिम्मेवार बन्नुपर्ने बताएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जारी गरेको प्रेस विज्ञप्ति।