खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग... विस्तृतमा

३ हप्ता अघि




घोराही। नेपाल ज्योतिष परिषद् दाङले सनातन हिन्दू धर्म अनुर्गत मौलिक, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनका लागि राष्ट्रिय सम्मेलन गर्नेभएको छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो।
दाङ जिल्ला विभिन्न धर्म, संस्कार, परम्परा र आस्थाले सम्पन्न क्षेत्र भएकोले यहाँका मौलिक कला संस्कृति तथा तान्त्रिक परम्पराको संरक्षण संवर्धन र एकीकृत प्रयास आवश्यक देखिएकाले यसै सन्दर्भमा नेपाल ज्योतिष परिषद् दाङले यही भदौ १२ गते घोराही-१६ को बाहुन डाँडा स्थित शिव मन्दिरमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेकाे नेपाल ज्योतिष परिषद् दाङ जिल्ला उपाध्यक्ष एवं झाँक्री सम्मेलन दाङ भाद्र १२ का संयोजक पदम बहादुर बस्नेतले जानकारी दिएका छन्।
सम्मेलनमा परम्परा झाँकी प्रदर्शन, मौलिक कला र संस्कृतिको प्रदर्शन, धामी झाँक्री र तन्त्र साधकहरुको अनुभव आदान-प्रदान, कुरीति र कुसंस्कार अन्त्यका लागि गोष्ठी, जातीय सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विषेश सत्र र दाङको सांस्कृतिक पर्यटन प्रवर्धनसम्बन्धी प्रस्तुति कार्यक्रमका प्रमुख विषय रहेका छन्।
दाङ जिल्लामा रहेका सनातन हिन्दू धर्म कुन पुर्खा देखि मान्दै आएका कला र परम्पराको गजेर्ना गर्न। दाङको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै पर्यटन प्रवर्धनमा योगदान पुर्याउने। भाद्र १२ गते लाई धामी झाँक्रीहरुको विशेष दिनका अवसरमा परम्परागत धामीझाँक्री थारु, गुरुवा, लामा झाँक्री, ओझा माताहरु र तन्त्र साधकहरुको झाँकी प्रदर्शन समेत गरिने र सम्मेलनले केवल धार्मिक वा सांस्कृतिक पक्षलाई मात्र नभई सामाजिक सद्भाव, मौलिक संरक्षण, पर्यटन प्रवर्धन र जातीय समानतामा समेत योगदान पुर्याउने भएकाले यो कार्यक्रम गर्न लागेको तन्त्र विभागका अध्यक्ष बस्नेतले थप बताउनु भयो। साथै भदौ १२ गते जिल्ला भरका धामीझाँक्री लगायत सबै भक्तजनहरुलाई झाँक्री सम्मेलन बृहत मेलामा निमन्त्रणा समेत तन्त्र विभाग आयोजकले गरेको छ।