खजुरा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को आयोजना तथा समन्वयमा सञ्चालित 'बालिका शैक्षिक सहयोग... विस्तृतमा

३ हप्ता अघि




बाँकेको खजुरा गाउँपालिका–८, रनियापुरमा निर्माणको तयारीमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
आइतबार लुम्बिनी प्रदेश सरकारका उच्च अधिकारीहरूको टोलीले निर्माण स्थलमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ। निरीक्षण टोलीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना, प्रमुख सचिव बाबुराम अधिकारी, पूर्व मन्त्री रत्न खत्री, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक ‘तुफान’, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, स्थानीय जनप्रतिनिधिहरू तथा सरोकारवालाहरू सहभागी थिए।
मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको स्थापनाले प्रदेशको प्राविधिक शिक्षा प्रणाली सुदृढ हुने बताउँदै यस क्षेत्रका युवाहरूले स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षा पाउने उल्लेख गरे।
गाउँपालिकाले विश्वविद्यालयको लागि आवश्यक जग्गा पहिचान गरिसकेको छ र अन्तिम निर्णयको तयारी भइरहेको जनाइएको छ। स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले यस योजनाको स्वागत गर्दै शिक्षा, रोजगारी र स्थानीय विकासमा ठूलो टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन ।